नेकपा एमाले वालिङद्वारा अर्धवार्षिक समिक्षा बैठक तथा प्रशिक्षण कार्यक्रम,तीन महिने विशेष अभियान
माघ ११, वालिङ ।
नेकपा एमाले वालिङ नगर कमिटीले अर्धवार्षिक समिक्षा तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कमिटीले वालिङ नगरपालिका वडा नम्वर ८ स्थित प्रशिद्ध धार्मिक एवम् पर्यटकीय स्थल गह्रौंसुरमा अर्धवार्षिक समिक्षा तथा प्रशिक्षण कार्यक्रम आज शुक्रबार सम्पन्न गरेको हो ।
कार्यक्रममा कमिटीका अध्यक्ष शोभाकान्त पौडेलले पार्टीको अर्धवार्षिक गतिविधी एवम् पार्टीले तय गरेको विशेष अभियान कार्यक्रमसहितको जानकारी गराउनुभएको थियो ।
अर्धवार्षिक समिक्षासँगै स्थानीय स्तरबाट पार्टीको काम र संगठनलाई सबल बनाउन वडा केन्द्रित पार्टी निर्माणका लागि तीन महिने विशेष अभियान सञ्चालन गर्ने प्रस्ताव गरिएको छ ।
जगतहबाट पार्टी सदस्यता नविकरण, विस्तार, संगठन निर्माण र सबलीकरण गर्ने, अधारभूत तहका जनसंगठनका कमिटी निर्माण गर्ने अभियानको मुख्य उद्देश्य रहेको छ । यसैगरी पार्टीको नीति तथा नेतृत्व विरुद्ध लाग्ने सबैखाले भ्रम र राष्ट्रिय निरासा फैलाउने प्रयत्नको सबै तहमा तत्काल प्रभावकारी बनाउने कमिटीको उद्देश्य रहेको अध्यक्ष पौडेलले जानकारी गराउनुभयो । पार्टी जीवनको शुद्धिकरण, स्थानीय तहको नेतृत्वको क्षमता विकास र जनतामाझ नेतृत्व स्थापित गर्नेलगायतका उद्देश्यसहित तीन महिने अभियान सञ्चालन गरिने अध्यक्ष पौडेलले उद्घोष गर्नुभयो ।
अध्यक्ष पौडेलले तीन महिने विशेष अभियानसँगै अभियानमा गर्नुपर्ने १० बुँदे कार्यादेश प्रस्तुत गर्नुभएको छ । पार्टी सदस्यता विस्तार, पार्टी जीवन सुदृढिकरण, स्थानीय अधिवेशन, विकास निर्माण तथा जनसरोकारका काम गर्ने, जनतासँग जनसँगठन अभियान, कार्यकर्ता प्रशिक्षण, साइवर हमलाको प्रतिवाद, युवा नेतृत्व विकास एवम् राजनीतिक शक्ति सन्तुलन गर्नेलगायतका कार्यादेशमा उल्लेख गरिएको छ ।
कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य तथा पूर्व गृहमन्त्री खगराज अधिकारीले प्रशिक्षण दिनुभएको थियो । उहाँले नेपालमा कम्युनिष्ट पार्टीको स्थापना, आवश्यकता, नेकपा एमालेको नीति, कार्यकर्ताहरुले पालन गर्नुपर्ने नीति नियम र कर्तव्यलगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो ।
अर्धवार्षिक समिक्षासहित कमिटीद्वारा प्रस्तावित तीन महिने विशेष अभियानलाई अगाडि बढाउने निर्णयसहित कार्यक्रम सम्पन्न गरिएको हो ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।


Leave A Comment