३४ पालिकामा पद रिक्त ः मंसिर तेस्रो हप्ता उपचुनाव गर्ने गृहकार्य
साउन–२९, काठमाडौ
निर्वाचन आयोगले आउँदो मंसिर तेस्रो हप्ता पालिकामा रिक्त पदमा जनप्रतिनिधिको चुनाव गर्ने गरी आन्तरिक गृहकार्य थालेको छ । आयोगका पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग हिजो भेटेर रिक्त पदमा उपचुनावको तयारीबारे छलफल गरेका छन् ।
सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा आयोगले कीर्तिपुर नगरपालिकाका मेयरसहित ३४ रिक्त पदमा आउँदो मङ्सिर तेस्रो हप्ता चुनाव गर्न उपयुुक्त हुने सुझाव दिएको छ ।
प्रधानमन्त्री ओलीले जाडो समय अगावै हुने गरी चुनावको मिति तय गर्न र मितव्ययीता अपनाउन आग्रह गर्नुभएको निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिनुभयो । चुनावको मिति घोषणाअघि आयोगले सम्बन्धित तहमा मतदाता नामावली अद्यावधिकका लागि आह्वान गर्ने आयोगले जानकारी गराएको छ ।
छलफलमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपाल सरकारका मुख्यसचिव लीलादेवी गड्तौलालगायत पनि सहभागी हुनुहुन्थ्यो । स्थानीय तह निर्वाचन ऐन २०७३ मा जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख, नगर वा गाउँपालिकाका मेयर÷उपमेयर, अध्यक्ष÷उपाध्यक्ष एवम् वडाअध्यक्षको पदावधि समाप्त नहुँदै पद रिक्त भएमा बाँकी पदावधिका लागि निर्वाचन आयोगको परामर्श लिई सरकारले तोकेको मितिमा उपचुनाव गर्ने उल्लेख छ । आयोगको तथ्याङ्क अनुसार नगरपालिकाका मेयर एक, उपमेयर एक, गाउँपालिकाका अध्यक्ष दुई, उपाध्यक्ष दुई, वडाध्यक्ष २८ गरी ३४ पद रिक्त छ ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment