बजार पुनर्जीवनदेखि व्यवसायी हितसम्मका ६ एजेन्डा सार्वजनिक गर्दै अध्यक्षमा अनुपमा ढुङ्गाना तिवारी
वालिङ। वालिङ उद्योग वाणिज्य संघको नवौँ अधिवेशन नजिकिँदै गर्दा अध्यक्ष पदकी उम्मेदवार अनुपमा ढुङ्गाना तिवारीले व्यवसायी हित, बजार प्रवर्द्धन र स्थानीय आर्थिक विकासलाई केन्द्रमा राख्दै आफ्नो ६ बुँदे एजेन्डा सार्वजनिक गर्नुभएको छ।
साझा, स्वतन्त्र र व्यावसायिक समूहको तर्फबाट अध्यक्ष पदमा उम्मेदवारी दिनुभएकी तिवारीले संघलाई सम्पूर्ण व्यवसायीको साझा, पारदर्शी, उत्तरदायी र परिणाममुखी संस्थाका रूपमा अघि बढाउने प्रतिबद्धता जनाउनुभएको छ। अग्रज व्यवसायीहरूको अनुभव, सुझाव र मार्गदर्शनलाई सम्मान गर्दै सबै व्यवसायीको हितलाई केन्द्रमा राखेर नेतृत्व गर्ने उहाँको भनाइ छ।
तिवारीले सार्वजनिक गर्नुभएका एजेन्डाअनुसार वालिङ बजारलाई पुनः चलायमान बनाउँदै व्यवसाय पलायन रोक्न विशेष योजना अघि सारिनेछ। स्थानीय व्यवसायीको हित संरक्षण हुने गरी मेला–महोत्सव सञ्चालनका लागि स्पष्ट नीति निर्माणमा पहल गरिने उहाँले बताउनुभएको छ।
त्यस्तै, पर्यटन, कृषि तथा स्थानीय उत्पादनको प्रवर्द्धनमार्फत आर्थिक गतिविधि विस्तार गर्ने, युवा उद्यमशीलता, स्वरोजगार तथा नयाँ लगानीलाई प्रोत्साहन गर्ने, व्यवसायीका हक–हित र समस्या समाधानका लागि सरकारका सम्बन्धित निकायसँग प्रभावकारी समन्वय र पैरवी गर्ने तथा संघलाई सबै व्यवसायीको साझा र सबल संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभएको छ।
तिवारीले व्यवसायीको विश्वास नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै पारदर्शिता, जवाफदेहिता र सहकार्यलाई नेतृत्वको मूल आधार बनाउने बताउनुभयो। उहाँले वालिङको व्यावसायिक वातावरणलाई थप चलायमान, प्रतिस्पर्धी र व्यवसायमैत्री बनाउन आफू प्रतिबद्ध रहेको पनि स्पष्ट पार्नुभयो।
‘मत तपाईंको, जिम्मेवारी हाम्रो’ भन्ने नारासहित चुनावी मैदानमा उत्रिनुभएकी तिवारीले आगामी नेतृत्वले व्यवसायीको आवाजलाई प्रभावकारी रूपमा उठाउँदै संघलाई सबै व्यवसायीको साझा चौतारीका रूपमा स्थापित गर्ने विश्वास व्यक्त गर्नुभएको छ। साथै उहाँले आगामी अधिवेशनमा सम्पूर्ण व्यवसायीसँग आफ्नो पक्षमा मत दिन अपिल गर्नुभएको छ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment