रोटरी क्लब अफ वालिङको ११औँ अध्यक्षमा उदयबहादुर पौडेल, स्वास्थ्य र सामाजिक सेवामा विशेष प्राथमिकता दिने प्रतिबद्धता
वालिङ, साउन ९ । रोटरी क्लब अफ वालिङको वर्ष २०२६/०२७ का लागि ११औँ अध्यक्षमा आरटिएन उदयबहादुर पौडेल चयन भएका छन्। शुक्रबार वालिङमा आयोजित पदस्थापन समारोहमार्फत उनले औपचारिक रूपमा अध्यक्षको जिम्मेवारी सम्हालेका हुन्।
समारोहका प्रमुख अतिथि रोटरी इन्टरनेसनल डिष्ट्रिक्ट ३२९२ का डिष्ट्रिक्ट सेक्रेटरी आरटिएन लक्ष्मण ज्ञवालीले रोटरीले सामाजिक सेवाका क्षेत्रमा पुर्याउँदै आएको योगदान प्रशंसनीय रहेको उल्लेख गर्दै समाजका आवश्यकता पहिचान गरी परिणाममुखी र प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए।
उनले रोटरी केवल पद र औपचारिकतामा सीमित संस्था नभई समाजसँग प्रत्यक्ष जोडिएर सेवा गर्ने अभियान भएको उल्लेख गर्दै सामाजिक परिवर्तनका लागि रचनात्मक र प्रभावकारी कार्यक्रम सञ्चालन गर्न क्लबले अझ सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताए।
रोटरीको परम्पराअनुसार नवनिर्वाचित अध्यक्ष उदयबहादुर पौडेलको परिचय पूर्वअध्यक्ष सीता डुम्रेले गराएकी थिइन् भने प्रमुख अतिथि लक्ष्मण ज्ञवालीको परिचय सोममाया रानाले गराएकी थिइन्। कार्यक्रमको स्वागत तथा क्लबका वार्षिक गतिविधिबारे निवर्तमान अध्यक्ष आरटिएन चुडामणि सुवेदीले जानकारी गराएका थिए।
निवर्तमान अध्यक्ष सुवेदीले आफ्नो कार्यकालमा गह्रौँसुर धार्मिक तथा पर्यटकीय क्षेत्रमा वृक्षारोपण, वालिङ–९ भूम्रेमा बृहत् रक्तदान कार्यक्रम, ‘ह्याप्पी स्कुल’ अभियानअन्तर्गत वालिङ–११ टापुभञ्ज्याङस्थित विद्यालयमा रङरोगन तथा ट्राफिक सप्ताहका अवसरमा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए।
नवनिर्वाचित अध्यक्ष उदयबहादुर पौडेलले आफ्नो कार्यकालमा स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमलाई विशेष प्राथमिकतामा राख्दै शिक्षा, सामाजिक सेवा र समुदायको आवश्यकतासँग प्रत्यक्ष जोडिने रचनात्मक गतिविधि सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे।
स्वास्थ्य क्षेत्रमार्फत लामो समयदेखि सामाजिक सेवामा सक्रिय पौडेलले स्थानीय समुदाय, क्लबका सदस्य तथा विभिन्न संघसंस्थासँग सहकार्य गर्दै वालिङ क्षेत्रमा रोटरी क्लबको सामाजिक भूमिकालाई अझ प्रभावकारी बनाउने बताए।
पदस्थापन समारोहमा रोटरी क्लबका पूर्वअध्यक्ष, पदाधिकारी, सदस्य तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।


Leave A Comment