संविधान दिवसका अवसरमा राजनीतिक दलहरुद्वारा स्याङ्जामा संयुक्त कार्यक्रम
वालिङ,३ असोज
संविधान दिवसको अवसरमा संविधान रक्षार्थ स्याङ्जा जिल्लाका प्रमुख चार राजनीतिक दलहरूले संयुक्त कार्यक्रम गरेका छन् । नेकपा एमाले, नेपाली काङ्ग्रेस, नेकपा (माओवादी) केन्द्र र नेकपा एकीकृत समाजवादीले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा संविधानमाथि भइरहेको चुनौती र संविधानको रक्षार्थका विषयमा आ–आफ्ना धारणा व्यक्त गरेका थिए ।
कार्यक्रममा संविधानसभा सदस्य तथा नेपाली काङ्ग्रेस स्याङ्जाका सभापति राजु थापाले संविधानलाई समावेशी दस्तावेज भन्दै सहमतिको आधारमा मात्रै संशोधन सम्भव हुने धारणा राख्नुभयो । उहांले जेन–जेड आन्दोलनका जायज मागलाई सबै दलले समर्थन गर्ने उल्लेख गर्दै विदेशी शक्तिको हस्तक्षेपका बीचमा संविधान रक्षाका लागि दलहरू एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो ।
यसैगरी नेकपा एमाले केन्द्रीय सदस्य तथा प्रदेश सांसद सीता सुन्दासले २०७२ को संविधान लोकतान्त्रिक आन्दोलनको उपज भएकाले यसको रक्षा नै राष्ट्रिय जिम्मेवारी रहेको औंल्याउनुभयो । सभामा सहभागी सबै दलका नेताहरूले जेन–जेड आन्दोलनले उठाएका भ्रष्टाचार नियन्त्रण र सुशासनका मागलाई उचित ठहर गर्दै संविधानभित्रै समाधान खोज्नुपर्नेमा एकमत जनाएका छन् ।
नेपाली काङ्गे्रस गण्डकी प्रदेश उपसभापति तथा प्रदेश सांसद कल्पना तिवारीले संविधान कार्यान्वयनकै बेला युवा आन्दोलनमा बाह्य हस्तक्षेप देखिएको भन्दै राष्ट्रिय हितलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेकपा एमाले स्याङ्जाका अध्यक्ष सूर्य प्रसाद गैह्रे (पारश) ले विदेशी शक्तिले अस्थिरता मौलाइरहेको आरोप लगाउँदै संविधान र जनताका मागलाई सम्बोधन गर्न सबै दलको साझा सङ्कल्प आवश्यक रहेको धारणा राख्नुभयो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक शैलेन्द्र घिमिरे, नेकपा एकिकृत समाजवादीका अध्यक्ष शंरकध्वज कार्की, पुतलीबजार नगरपालिका प्रमुख तुलसीराम रेग्मी, आँधीखोला गाउँपालिका अध्यक्ष विश्व पौडेल, नागरिक समाजका अध्यक्ष ओमप्रकाश शर्मालगायतले संविधानको रक्षार्थ सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।
यही भदौ २३ र २४ गते देशमा भएको जेनजि आन्दोलन र आन्दोलनमा देशी विदेशी तत्वहरुको अनधिकृत हस्तक्षेपका कारण उत्पन्न भएको संवैधानिक संकटबाट देशलाई पार गर्न र नेपालको संविधान २०७२ रक्षार्थ संयुक्त कार्यक्रम गरिएको नेपाली कांगे्रस जिल्ला सचिव दामोदर लम्सालले बताउनुभयो ।
सुरुमा ¥यालीले स्याङ्जा बजार परिक्रमा सहीत कोणसभा गर्ने पूर्व कार्यक्रम रहेपनि मौसम प्रतिकुलताका कारण वाणिज्य संघको भवनबाट सूरु गरी सिधै सिटि हलमा कार्यक्रम गरिएको थियो ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment