साउन देखि भदौ २३ सम्म स्याङ्जामा २ सय २३ डेंगु संक्रमित
भदौ २७, स्याङ्जा ।
स्याङ्जामा साउन देखि भदौ २३ सम्म २ सय २३ जना डेंगुका संक्रमित भेटिएका छन् । स्वास्थ्य कार्यालयका महामारी तथा रोग नियन्त्रण फोकल पर्सन पृथ्वी लामिछानेका अनुसार साउन १ देखि भदौ २३ गतेसम्मको अवधिमा जिल्लामा २ सय २३ जना डेंगू संक्रमित भएका हुन । साउन महिनामा कुल ८२ जना संक्रमित भेटिएका थिए । ११ पालिका रहेको स्याङ्जामा सबै भन्दा धेरै साउन महिनामा चापाकोटमा संक्रमित पुष्टी भएका थिए ।
चापाकोटमा २१ जनामा संक्रमण पुष्टी भएको थियो । त्यस्तै भीरकोटमा १२ जना, वालिङ नगरपालिकामा ७ जना, पुतलीबजार नगरपालिकामा ६ जनामा संक्रमण पुष्टी भएको थियो भने कालीगण्डकी गाउँपालिकामा १२, विरुवा र हरिनास गाउँपालिकामा एक एक जनामा डेगुं संक्रमण पुष्टी भएको थियो । यसैगरी फेँदिखोला, आँधीखोला, अर्जुनचौपारी र गल्याङमा साउन महिनामा संक्रमित भेटिएका थिएनन् । त्यस्तै जिल्ला अस्पताल स्याङ्जामा साउन महिनामा २२ जनामा संक्रमण पुष्टी भएको थियो ।
स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार साउन भन्दा भदौ महिनामा डेगुं संक्रमित बढेको देखिएको छ । भदौ महिनामा १ देखि २३ गतेको तथ्यांक हेर्ने हो भने यो २३ दिनको अवधिमा १ सय ३८ जना संक्रमित पुष्टी भएका छन् । भदौ महिनामा सबै भन्दा धेरै भीरकोटमा संक्रमित पुष्टी भएका छन् ।
भीरकोटमा ३३ जना डेंगुका संक्रमित पुष्टी भएका छन् । त्यस्तै वालिङ नगरपालिका २१, चापाकोटमा १३, पुतलीबजारमा ११, गल्याङमा १० जना संक्रमित पुष्टी भएका छन् । त्यस्तै कालिगण्डकी गाउँपालिकामा ११, अर्जुनचौपारीमा ७, हरिनास ५, आँधीखोला र विरुवा गाउँपालिकामा तिन तिन जना डेगुंका संक्रमित पुष्टी भएका छन् । त्यस्तै जिल्ला अस्पताल स्याङ्जामा परिक्षण गरिएका मध्ये २१ जनामा संक्रमण पुष्टी भएको छ भने भदौ महिनामा फेँदिखोलामा कुनै संक्रमित भेटिएका छैनन् ।
डेंगु लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो । यो रोग विशेषगरी पोथी एडिज नामको लामखुट्टेकोे टोकाइबाट मानिसमा सर्छ। शुरुमा बिरामीको टाउको दुख्ने, ज्वरो आउने, रिङ्गटा लाग्ने, जिउ तथा हात दुख्ने, आँखाको गेडी दुख्ने, शरीरका मासु दुख्ने डेङ्गुका लक्षण भएकाले यस्ता लक्षण देखिनासाथ स्वास्थ्य संस्थामा उपचारका लागि जानुपर्ने स्वास्थ्यकर्मी बताउछन् । डेंगुबाट बच्न घर वरपर पानी जम्ने खाल्डाखुल्डी पुर्ने, घर नजिक झाडी नराख्ने र सुत्दा झुल प्रयोग गर्न पनि सुझाव दिइएको छ ।
-
चन्द्र माध्यमिक विद्यालय खोरपोखरा विहादी गाउँपालिकाको नम्बर ५ पर्वतको ५५ औँ वार्षिक उत्सव तथा ४५ औँ अभिभावक दिवश सम्पन्न...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहितको समृद्ध बनाउने सहिदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई...
-
देशका चार ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गरेर जनस्तरबाट चर्चा कमाएको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन भरतपुरमा अन्तर...
-
नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको...
-
चिकित्सकहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन ।
-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।



Leave A Comment